६ महिनापछि माओवादी केन्द्रमा पदाधिकारी चयन गरिदै

मुख्य खबर बुधबार असार २२, २०७९

काठमाडौं । लामो समयपछि नेकपा माओवादी केन्द्रले पदाधिकारी छनौट गर्दैछ । आज पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । हिजो मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले यस्तो निर्णय गरेको हो । महाधिवेशन सम्पन्न भएको ६ महिना भइसके पनि पदाधिकारी चयन गर्न सकेको छैन ।

अध्यक्ष र केन्द्रीय सदस्य चयन गरेर सकिएको महाधिवेशनलगत्तै पदाधिकारी चयन गर्ने भनिएको थियो । तर आकांक्षीको व्यवस्थापन गर्न नसक्दा हालसम्म पनि पदाधिकारी चयन हुन नसकेको हो ।

माओवादी नेता गणेश शाहका अनुसार पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ । नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा बहुमतले पारित गरेर अघि बढ्ने बैठकमा सहमति भएको शाहले जानकारी दिनुभयो ।

माओवादी केन्द्रमा पदाधिकारी चयनको सकस

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन आजका लागि स्थगित गरिएको थियो । आजसहमति जुटाएर आज केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो । सबैभन्दा धेरै विवाद महासचिवमा देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीभित्रका दुई नेता बर्षमान पुन र जनार्दन शर्माको सन्तुलन मिलाउन चुनौती देखिएको छ ।

Leave a Comment