काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग एकता हुन सक्ने सम्भावना रहेको निस्कर्ष निकालेको छ । तर संवाद र एकताका लागि सर्तहरु अघि सारेको छ । केन्द्रीय कमिटीले एमाले संसद विघठन र नेकपा एसलाई हेर्ने राजनीतिक दृष्टिकोण परिवर्तन गरे सँवाद हुन सक्ने निस्कर्ष निकालेको छ ।
सम्वाद सकारात्मक भए चुनाव अघि नै एकता हुनसक्ने सम्भावना रहेको नेताहरको भनाई छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले संवाद सुरु गर्न सकिने तर त्यसका लागि सर्त स्वकिार गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार एमालेले राजनीतिक र कानुनी रुपमा आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्छ ।
‘कानुनी र राजनीतिक रुपमा नेकपा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा दिँदैन र अस्तित्व स्वीकार गर्दैन ।
यस्तो बेलामा एमालेसँग कुनै संवाद हुँदैन पार्टीको निस्कर्ष छ खतिवडाले भन्नुभयो । एमालेले आफूबाट विभाजित भएको एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन ।
एमालेले संसद् विघटनदेखि सबै हर्कतहरुको बारेमा आफ्नो धारणा प्रस्ट पार्नुपर्ने पनि समाजवादीको निचोड छ ।