सभामुखसँग प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग अगाडि नबढ्नुको कारण माग

मुख्य खबर NFM संवाददाता सोमवार असार ६, २०७९

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा बहसको विषय बनेको छ । प्रमुख विपक्षी नेकपा एमालेले महाअभियोग प्रस्तावलाई बहसको विषय बनाएको छ । एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासग माग गर्नु भएको छ ।

आज सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताउनु्भयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।

Leave a Comment