काठमाडौं । रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मुत्यु भएको छ । जनकपुरबाट भैरहवाकालागि छुटेको लु२ख ३८४१ नम्बरको बस आज बिहान ४ बजेर ४५ मिनेटमा परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा खसेको हो ।
दुर्घटनामा ९ जनाको मुत्यु भएको छ भने २६ जना घाइते भएकाmेजिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरन्न पौडेलले नेपाल एफ एम नेटवर्कलाई जानकारी दिनुभयो ।
मृतक मध्ये तीन जनाको पहिचान भएको छ ।, पहिचान हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्यालहुनुहुन्छ ।