सुत्केरीलाई पाँच हजार पोषणभत्ता

मुख्य खबर आइतवार जेष्ठ १५, २०७९

काठमाडौं । सरकारले सुत्केरीलाई पोषणभत्ता दिने भएको छ। आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने बजेट मार्फत घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९ /८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गर्नु भएको हो ।

उहाँले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताए । त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गर्नुभयो ।

Leave a Comment