रोजगार कार्यक्रमका लागि बजेट बढ्यो

मुख्य खबर NFM संवाददाता आइतवार जेष्ठ १५, २०७९

काठमाडौं । सरकारले रोजगार कार्यक्रमका लागि बजेट बढाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड बजेट छुट्याएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट छुट्याएको बताएका गरेका हुन्।

यो कार्यक्रममार्फत प्रत्येक वर्ष दुई लाख विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिने घोषणा सरकारले गरेको छ। यो कार्यक्रम केपी शर्मा ओली नेतृत्वको सरकाले आर्थिक वर्ष २०७५र७६ बाट अघि सारेको हो।

सुरूको वर्षमा यो कार्यक्रमका लागि तीन अर्ब १० करोड बजेट छुट्याइएको थियो। आव २०७६र०७७ मा यो कार्यक्रमका लागि पाँच अर्ब एक करोड बजेट छुट्याइएको थियो।

Leave a Comment