काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आउँदो वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ ।