काठमाडौं। पाँच वर्ष पहिले बलात्कारको आरोप लागेका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल- ३६ वर्षीय राजकुमार खड्का रहेका छन् ।
शिक्षक खड्कालाई २०७४ साउन २६ गते सोही उपमहानगरपालिका- १३ स्थित एक गेस्ट हाउसमा पुर्याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको थियो । उनलाई केन्द्रीय प्रहरी ब्यूरो (सिआईबी)को टाोलीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।