काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय निर्वाचनमा सत्तापक्षले बुथ कब्जा गरेको, धाँधली गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उमेदवारलाई धम्क्याउने, उनीहरूको घरमा बम विस्फोट गराउने लगायत काम भएको आरोप लगाए ।
उनले शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन हुन नसकेको बताउँदै १४ दिनपछि पनि परिणाम किन आइसकेको छैन ? भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको बताए ।
ओलीले प्रतिपक्षी दलका कारणले गर्दा एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरेका छन्।
‘उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आलोचना समेत गरेका छन् । उनले भने, बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’। ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ ।’