यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य परिषद्का एक कर्मचारी निलम्बीत

समाज बिहिबार जेष्ठ १२, २०७९

काठमाडौं । इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारीलाई निलम्बन गरिएको छ । परिषद्का तालिम अधिकृत विजयकुमार झाले शनिबार आफ्नै कार्यकक्षमा बोलाएर आफूलाई दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

आफूमाथि दुर्व्यवहार भएको भन्दै युवतीले दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि उनलाई निलम्बन गरिएको परिषद्का एक अधिकारीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र झामाथि थप कारबाही प्रक्रियासमेत अघि बढाइने ती अधिकारीले जानकारी दिए । झाले यसअघि २०७६ सालमा पनि महिला सहकार्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि उनलाई दुई महिना निलम्बन गरिएको थियो ।

Leave a Comment