काठमाडौं । अफ्रीकामा देखिएको मंकीपक्सको संक्रमण नेपाल फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । कोभिड १९ संक्रमण सकिन नपाउँदै अर्को रोगदेखापरेसँगै नागरिक त्रसीत बनेका छन् ।
अफ्रिकी मुलुकसहित विश्वका १८ देशमा फैलिसकेको मङ्किपक्सको सङ्क्रमण नेपालमा प्रवेश गर्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्व तयारी सुरु गरेको हो । मन्त्रालयका अनुसार हालसम्म दक्षिण एशियाली मुलुकहरूमा यो रोगको सङ्क्रमण नदेखिएको भएपनि नेपालमा सङ्क्रमण रोकथामका लागि उपायहरू अपनाइएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिन बाह्य मुलुकबाट आउने मानिसलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । मङ्किपक्सको सङ्क्रमण भएमा मानिसमा ज्वरो आउने, टाउको दुख्ने, जीउ सुन्निने, ढाड दुख्ने, मांसपेशी दुख्ने, छटपटी हुने जस्ता लक्षण देखिने चिकित्सकले बताएकाम छन् । मङ्किपक्स अहिलेसम्म विश्वका १८ देशमा फैलिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।