संयुक्त विद्यार्थी सङ्गठनद्धारा आयल निगमको कार्यालय घेराउ

मुख्य खबर बुधबार जेष्ठ ११, २०७९

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरूले निगमको मूल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले जनतालाई खान, लाउन सङ्कट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यावहारिक गतिविधिमा लिप्त रहेको आरोप लगाएका छन् ।

सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आउँदा दिन विरोधका कार्यक्रमहरू थप सशक्त बनाउँदै जाने चेतावनीसमेत विद्यार्थी संगठनले दिएका छन् । सरकारले गएको आइतवार रातिदेखि लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेल १ सय ६३, आन्तरिक हवाईमा १ सय ६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सयले बढाएर १८ सय रुपैयाँ पु¥याएको छ ।

Leave a Comment