काठमाडौं । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । बुधबार बिहान कोहलपुर नगरपालिका वडा नं १२ का ४७ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
मृतक कुवँरलाई जबरजस्ती करणी आरोपपछि प्रहरीले उनलाई वैशाख १९ गते नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्दै आएको थियो। शव पोष्टमर्टमका लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।