काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब बढेको छ । क्यानको राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव जनही १० हजारका दरले बढाइएको हो ।
क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेर सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । त्यसैगरी, क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।
त्यसैगरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक प्रतिव्यक्ति ३ र मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक प्रतिव्यक्ति ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदानका पिच क्युरेटरको मासिक पारिश्रमिकमा ६ हजार वृद्धि गरिएको छ ।