काठमाडौं । बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय गर्न सकिरहेको छैन । देशभर स्थानीय निर्वाचनको अन्तिम मत परिणाम सकिनै लाग्दा बाजुराको बुढिंगगा नगरपालिकाको एमालेले बसथ कब्जा गरेको बारेमा निर्वाचन आयोगले अझै निर्णय गर्न सकिरहेको छैन ।
मतदानको क्रममा बुढिंगगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेपछि विवाद सिर्जना भएको थियो । मतदानमा धाँधली गर्दै कांग्रेसका निर्वाचनमा खटिएका एजेन्ट र उम्मेद्धवार माथि सांघातिक आक्रमण गरि मतदान केन्द्रबाट सुरक्षाकर्मीरु समेत भगाएर एकलौटी मतदान गरेपछि कांग्रेस, समाजवादी र माओवादी लगायतका दलहरुले निर्वाचनबाट बाहिरिएका थिए ।
नेकपा एमालेले मतगणनाको माग गरेको भए पनि अन्य दलहरुले भने पून मतदानको माग गरिराखेका छन् । निर्वाचन आयोगले आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा छानबिन समितिले स्थलगत अनुगमन गरेको भए पनि त्यस माथि अझै छानबिन हुन सकिरहेको छैन ।
बुढिंगगा नगरपालिकामा एमालेका तर्फबाट ०७४ को निर्वाचनमा कांग्रेसबाट पराजित राम बहादुर बानियाँ मेयरको उम्मेद्वार छन भने कांग्रेसका तर्फबाट पूर्व शिक्षक रंग बहादुर खाति चुनाावी मैदानमा रहेका छन् ।