१७ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी, एमालेले २ सय कटायो

Breaking NFM संवाददाता मङ्लबार जेष्ठ १०, २०७९

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अब १७ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत बिहान ७ बजेसम्म ७ सय ३५ स्थानीय तहको मतपरिणामा आइसकेको छ । नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २२ स्थानको प्रमुखमा जितेको छ ।

सुरुदेखि नै अग्रता बनाइराखेको काँग्रेसले हालसम्म २ सय ९६ उपप्रमुखमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले २ सय १ प्रमुख र २ सय ३१ उपप्रमुखमा जितेको छ ।

माओवादी केन्द्रले १ सय २० प्रमुख र १ सय २६ स्थानीय तहको उपप्रमुखका जित हात पारेको छ । यस्तै जनता समाजवादी पार्टीले २९ प्रमुख र ३० उपप्रमुख, एकीकृत समाजवादीले १८ प्रमुख र २३ उपप्रमुख, लोकतान्त्रिक समाजवादीले १६ प्रमुख र ११ उपप्रमुख तथा अन्य तर्फका २९ जनाले प्रमुख र १८ जनाले उपप्रमुखमा जित हात पारेका छन् ।

Leave a Comment