काठमाडौं । निर्वाचन आयोगमा १ सय १२ दल दर्ता भएपनि यसपटक स्थानीय तहको चुनावमा ७९ दललले चुनावी प्रतिस्पर्धा भाग लिनेगरि सूची दर्ता गरेका थिए । ती मध्ये नेपाली करिब ३० दल अहिलेको स्थानीय तहको निर्वाचनका लागि मात्रै थपिएका थिए । बाँकी दल भने यसअघि नै निर्वाचन आयोगका दर्ता थिए । यसपटक पूर्णरुपमा नयाँ दलका रुपमा आएका करिब २५ दलको नतिजा वडातहसम्मै सून्य भएपनि चारवटा दल भने उदायका छन् ।
स्थानीय तहको प्रमुखसम्म जितेका रेशम चौधरीको नागरिक जनमुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी उदायका छन् । पहिलोपटक नै उदायको चौधरीको नागरिक मुक्तिपार्टीले कैलालीमा ठूला दललाई पाखा लगाउँदै सबैभन्दा धेरै ४ स्थानीय तहमा जित निकालेको छ ।
चौधरीको पार्टीले ४ तह जित्दा, नेपाली कांग्रेसले तीन, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले २-२ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १÷१ तह जितेका छन् ।
कुनै समय देश विखण्डनको नाराले देशै तरंगित बनाएका सीके राउतको पर्टाी पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा भाग लिएर दुई स्थानीय तह जितेको छ ।
मधेशवादी पार्टीबाट लामो समय राजनीति गरेका पूर्वमन्त्री हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले रुपन्देही मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।
वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझाले बाराको फेटा गाउँपालिकामा जितेका छन् । स्थानीय तहमा प्रमुख जितेका १३ मध्ये प्रमुख चारददलसहित ९ दल यसअघि नै दलकारुपमा नागरिकका बिचमा सक्रिय थिए भने चारदल नयाँ आएका छन् ।
निर्वाचन आयोगका अनुसार ५० भन्दा बढी दलले एउटा सदस्य पनि जित्न नसकेर जमानत नै जफत भएको छ । ७ ुय ५३ स्थानीय तहमध्ये १० स्थानीय तहको नेतृत्वमा दल विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।