९० प्रतिशत नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

Breaking NFM संवाददाता शुक्रबार जेष्ठ ६, २०७९

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ७ बजेसम्म ९० प्रतिशत नतिजा सार्वजनिक भएको छ । शुक्रबार बेलुकासम्म केही उपमहानगर र महानगरको मात्रै बााकी रहने निर्वाचन आयोगले जानकारी दिएको छ । शुक्रबार बिहान साढे ६ बजेसम्म ६१८ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१८ स्थानको अन्तिम नतिजा आएको हो ।

जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७२ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् । कांग्रैस र माओवादीले नतिजा सुधारेका छन् । नेकपा एमालेले धक्का बेहोरेको छ ।

यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा एकीकृत समाजवादीले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।

Leave a Comment