५ सय ७२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, कुन दलले कति जिते ?

मुख्य खबर NFM संवाददाता बिहिबार जेष्ठ ५, २०७९

काठमाडौं । ७ सय ५३ स्थानीय पालिकामध्ये अब करिब १ सय ८१ स्थानीय तहको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म ५ सय ७२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काग्रेसको अग्रता कायमै छ भने एमालेलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।

नेपाली कांगे्रसले अहिलेसम्म नेपाली कांग्रेस २५५ ठाउँमा जितेको छ ६६ स्थानमा अगाडी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६५ ठाउँमा जितेको छ भने ३४ स्थानमा अगाडी रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १०५ पालिकामा जितेको छ भने १३ स्थानमा अगाडी रहेको छ । स्वतन्त्र उम्मेदवार २० ठाउम्ँमा विजयी भएका छन् भने १२ ठाउँमा अगाडी छन् ।

जनता समाजवादी पार्टी, नेपालले १६ पालिकामा जितेको छ भने १९ स्थानमा अगाडी रहेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले १२ पालिकामा जितेको छ भने ७ स्थानमा अगाडी रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले २ ठाउामा जितेको छ ,१० स्थानमा अगाडी रहेको छ ।

Leave a Comment