काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई निकै पछि पारेका छन् । झण्डै एक तिहाइ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले मतान्तर झन् बढाएका छन्।
दिउँसो १ बजेसम्म ५८ हजार ८५० मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेका थिए।
मेयरमा साहले २२ हजार ८४२ मत पाएका छन्। उनले शुरूआतदेखि नै अग्रता कायम गर्दै आएका छन्।
उनका प्रतिस्पर्धी नेकपा ९एमाले० का केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छन्।