५ सय ५० भन्दा बढी स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति ?

मुख्य खबर NFM संवाददाता बिहिबार जेष्ठ ५, २०७९

काठमाडौं । ७ सय ५३ स्थानीय तहमध्ये अहिलेसम्म ५ सय ५० भन्दा बढी स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाममा नेपाली काग्रेसको अग्रता कायमै छ भने एमालेलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।

नेपाली कांगे्रस अहिले पहिलो नम्बरमा उभिँदा २०७४ सालमा पहिलो पार्टी बनेको नेकपा एमाले दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्र यथास्थानमा छ । अहिलेसम्म् नेपाली कांग्रेसले २ सय ४४ स्थानमा जितेको छ । नेकपा एमालेले १ सय ५५ स्थानमा जितेको छ । माओवादी केन्द्र १ सय २ स्थानमा विजयी भएको छ ।

नेकपा समाजवादीले १३ र नेकपा एसले १० पालिकामा प्रमुख जितेको छ । स्वतन्त्र उम्मेदवार पनि १३ ठाउँमा विजयी भएका छन् । सत्ताघटकका अन्य दलको साथ लिएर कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेलाई दोस्रोमा धकेलिदिएको छ ।

माओवादी केन्द्र केही सुधारसहित तेस्रो स्थानमा यथावत् छ । सत्तारुढ दलका सहयात्री माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र जनमोर्चाको साथले कांग्रेसले अन्य दललाई धेरै पछि पारेको छ ।

Leave a Comment