काठमाडौं । स्थानीय निर्वाचनको करिब आधा भन्दा बढी स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बिहान ६ः ३० बजेसम्म ४ सय ५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली काँग्रेस १ सय ८७ पालिकाको नेतृत्व जितेर पहिलो दल बनेको छ ।
नेकपा एमालेले ११६ ठाउँमा जित निकालेको छ । यसअघि एमालेको जितेका ठाउँमा नेपाली कांग्रेस विजयी भएको छ । माओवादी केन्द्रले ८२ ठाउँमा जितेको छ ।
यसअघिको चुनावभन्दा माओवादीको अवस्था निकै सुधार भएको छ । एकीकृत समाजवादीले जम्मा ७ स्थानीय तह मात्रै जितेको छ । जनता समाजवादीले ५ र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका १२ जनाले प्रमुख र अध्यक्ष पदमा जित हात पारेका छन् ।
अहिलेसम्मको तथ्याङ्क अनुसार काँग्रेसले देशभरका १ सय ८४ पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । एमाले ११५ स्थानमा जितेको छ भने माओवादी केन्द्र देशभरका ८५ स्थानमा उपप्रमुखमा विजयी भएको छ एकीकृत समाजवादी १२ ठाउँमा विजयी भएको छ ।