अछामको रामारोशन गाउँपालिकाको अध्यक्षमा साउद निर्वाचित

राजनीति NFM संवाददाता सोमवार जेष्ठ २, २०७९

अछामको रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउद निर्वाचित भएका छन्। साउद ३ हजार १२७ मतमा साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पहलबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन्।

उपाध्यक्षमा भने माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएकी छन्। उनी ३ हजार २८ मतका साथ विजयी भएकी हुन। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ती साउदले २ हजार २२८ मत प्रात गरेकी छन्। त्यसैगरी समाजवादीका ताराप्रसाद खनालले २ हजार १६२ मत प्राप्त गरेका छन्।

७ वडा रहेको रामारोशनमा ३ माओवादी,२ एमाले, २ कांग्रेसले जितेका छन्।

Leave a Comment