यी हुन गोलाप्रथाबाट विजेता भएका उम्मेदवार

Breaking NFM संवाददाता सोमवार जेष्ठ २, २०७९

काठमाडौं ।  निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा मतगणनाको परिणाम आउन थालेको छ। केही स्थानमा मतगणनाबाट नभई गोलाप्रथाबाट विजेता छानिएका छन्।

रोल्पा नगरपालिका वडा नम्बर २ मा देउचन घर्तीमगर र प्रकाश डाँगीको बराबर मत आएपछि गोलाप्रथाद्वारा डाँगी विजेता घोषित

मनाङको चामे गाउँपालिकाको वडा नम्बर ५ मा अध्यक्ष र खुला सदस्यमा बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषित

सल्यानको शारदा नगरपालिको वडा नम्बर ३ मा समेत वडा सदस्यमा मधुदास श्रेष्ठ गोलाप्रथाबाट विजेता घोषित

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा २ को वडाध्यक्षमा छविलाल न्यौपानेको जित अन्तत: गोलाप्रथामा पुगेर टुङ्गियो

स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार सदर मत बराबर भएको हकमा बराबर मत पाउने उम्मेदवारमध्येबाट निर्वाचन अधिकृतले गोला हालेर निर्णय लिनुपर्ने व्यवस्था छ।

कतिपय उम्मेदवारले समान मत पाएका आफ्ना प्रतिद्वन्द्वीलाई गोलाप्रथाबाट पराजित गर्दै चुनाव जितेका छन्।

 

Leave a Comment