काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनबाट धाँधली गरेको भन्दै एमाले अदालत जाने भएको छ । धाँधलीको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्यसविरुद्ध अदालत जाने तयारीमा लागेको हो ।
त्यसका लागि अहिले कानुनी परामर्श भइरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभययो ।
धाँधलीका सम्बन्धमा आफूहरूले भनेका कुरा मिथ्या नभई तथ्यमा आधारित भएको दाबी पएमालेले गरेको छ । प्रारम्भिक नतिजाअनुसार नेकपा एमाले सत्तारूढ नेपाली कांग्रेसभन्दा पछाडि देखिएको छ। एमाले महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा विभिन्न १५ बुँदामा आरोप समेटिएका छन्।