काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा भेट भएको छ। बुद्ध जयन्तीको दिन सोमबार प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षीलाई भेट गर्नु भएको छ । भारतका प्रधानमन्त्री मोदीले पहिलो पटक लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ।
मोदीको यो पाँचौँ नेपाल भ्रमण हो भने लुम्बिनीमा पहिलो पटक आउनु भएको हो । उहाँले नेपाली समकक्षी शेरबहादुर देउवासँगै मायादेवी मन्दिरमा पूजा–आराधना गर्नुभएको छ।
मोदी आजै बिहान भारतीय वायुसेनाको हेलिकप्टरमार्फत लुम्बिनीआउनुभएको हो । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच आजै द्विपक्षीय वार्ता हुनेछ । मोदी आजै साँझ स्वदेश फर्कने तालिका छ ।