चितवन । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राख्नु भएको छ । उहाँलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले पछ्याइरहनस भएको छ । जारी मतगणनाको सुरुवातदेखि नै सवेदी र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
तीव्र प्रतिस्पर्धामा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको राम्रो मत आएको छ ।
वडा नं १ र २ मा ११ प्रतिशत मत पाउनु भएका पौडेलले वडा नं.३ को गणनामा सकिन लाग्दा मतप्रतिशत बढाएर २० पुर्याउनु भएको छ । ९ हजार ४४२ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १५ मतको झिनो अन्तरले पछि पर्नु भएको छ।
सुवेदीले ३ हजार ३४२ मत प्राप्त गर्नुभएको छ । सुवेदीलाई पछ्याउँदै दाहालले ३ हजार ३२७ मत ल्याउनु भएको छ । पौडेलले १ हजार २०४ मत ल्याउनु भएको छ ।
यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन् अधिकारीले ३ हजार ७१६ मत ल्याउनु भएको छ । अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले २ हजार ६६५ मत प्राप्त गर्नु भएको छ। अहिले भरतपुर ३ को मतगणना भएको छ।