१२८ स्थानीय तहको परिणाम, कांग्रेसको अग्रता-एमाले दोस्रो

Breaking NFM संवाददाता सोमवार जेष्ठ २, २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो २ बजेसम्म १२८ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

जसमध्ये ५१ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४७ स्थानीय तहमा नेतृत्व जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले २६ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा नेतृत्व दिएको छ ।

 

Leave a Comment