काठमाडौं । स्थानीय निर्वाचनको काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेका तर्फबाट उम्मेद्वार बनेका केशव स्थापितले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराकी छिन । काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डंगोलले सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए । यसका साथै उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीत भएका थिए ।