शाही बनिन् २३ वर्षकै उमेरमा उपमेयरको उम्मेद्वार

मुख्य खबर सोमवार बैशाख १२, २०७९

बाजुरा । आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुलाई न प्रतिनिधिहरु छनौटमा सकस भइरहेको छ । आज स्थानीय निर्वाचनमा मनोनयन गर्ने अन्तिम दिनमा दलहरु कतिपय ठाउँमा उम्मेद्वार छनौटका लागि प्रयास समेत गरिरहेका छन् ।

यसै सन्दर्भमा बाजुराका जिल्लाका ९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले आफ्ना उम्मेद्वारको टुंगो लगाएको छ । चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा रीता शाही देशकै कान्छी उम्मेद्वारको रुपमा बुढिंगगा नगरपालिकाका बाट उपमेयरका लागि उम्मेद्वार बनेकी छन् ।

सानै उमेर देखि बाल, समूह, किसोरी सञ्जाल हुँदै स्कुलबाटै नै नेविसंघको राजनीतिमा उदाएकी शाही नेपाली कांग्रेस बाजुराबाट १४ औं महाधिवेशन देशकै कान्छी महाधिवेशन प्रतिनिधिको रुपमा उदाएकी थिइन् । जिल्लामा सामाजिक अभियान्ताको रुपमा परिचित शाही देश तथा विदेशमा बस्ने मनकारी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मार्फत सहयोग जुटाउँदै देशका विभिन्न क्षेत्रमा सामाजिक सेवा समेत गरेकी छन् । सुर्खेतमा राउटे बस्ती, सिन्धुपाल्चोकका बाढी पहिरो पीडित,बझाङका बाढी पहिरो पीडित, मुगुका आगालागी पीििडत मात्रै हैन बाजुराका ९ वटै स्थानीय तहमा समेत दुखी विरामीहरुका लागि राहत संकलन गरि लाखौं, लाख सहयोग गरेकी छन् । मृगौला पीडित, कुपोषण बालबालिकाको लागिको उपचारका साथै चिसोबाट बच्न विद्यार्थी र बुढाबुढिका लागि बेला बेलामा राहत संकलन गर्दै जनस्तरमा सेवा गर्दै समाजसेवीको पहिचान बनााउन सफल बनेकी छन् । स्वास्थ्य क्षेत्रको अध्ययन गरेकी शाही केही समय सरकारी तथा गैर सरकारी संघसंस्थामा जागिर गर्दै समाजका प्रत्यक्ष दुखी पीडितहरुको सेवा गर्न समाजसेवामा संग्लग्न भएको बताउँछिन् ।

आफूले जागिर गर्दै आएको तलब तीनै दुखी, पीडितहरुको क्षेत्रमा लगाउँदै रित्तो फर्किनु परेका अनुभव उनी सुनाउँछिन् । समाज सेवा गर्दागर्दै समाजमा भईरहेको राजनीतिबाट दुखी, पीडितहरु खासै सेवा नपाएको देख्दा मन खिन्न हुने गर्दथ्यो । तर सबै कुरा राजनीतिमै निर्भर रहेकाले राजनीतिमा लागेको शाही बताउँछिन् । समाजसेवा र राजनीति दुबै समाजकै सेवा हो। राजनीतिबाट समाजको सेवा पनि गर्न सकिन्छ, दुखी, पीडितरुले कहिल्यै दुख नभोगुन, खान नपाएर भोकै कोही नमरुन भन्ने उद्धेश्यका साथ राजनीतिमा प्रवेश गर्दै कांग्रेसको १४ औं महाधिवेशन मार्फत देशकै कान्छी महाधिवेशन प्रतिनिधिमा आफ्नो पनि नाम दर्ज गर्न सफल भएको खुसी व्यक्त गर्दै शाही सुनाउँछिन् ।

राजनीतिमा पनि निरन्तर साधना चाहिन्छ। जनताको घरदैलो कयौं पटक गरिरहेकी हुन्छु। जनताको सेव ागर्ने भएकाले पनि शाहीले बुढिंगगा नगरपालिका बाजुराबाट निर्वतमान उपमेयर सहित अन्य चार जनालाई भन्दा कांग्रेसले आफूलाई विश्वास गरेकोमा पार्टी प्रति कृतज्ञता प्रकट गर्छिन । देशमा बाढी पहिरो होस् या कोरोना जस्तो महामारीमा आफ्नो व्यक्तिगत जीवनलाई तिलाञ्जली दिदैं समासेवमा होमिएकी शाहीले अमेरिकाबाट कोभिड १९ हिरो अवार्ड समेत प्राप्त गरेकी छन् ।

त्यसै गरि साहित्य र संगितका क्षेत्रमा कलम चलाएकी शाहीले द्धावारिका देवी ठकुरानी २०७८ सालको साहित्य पुरुस्कार समेत हात पार्न सफल बनेकी छन् । जिल्ला स्तरका कयौं पुरुस्कारबाट पुरुस्कृत शाही राजनीतिलाई गलत रुपमा प्रयोग गर्दै त्यसको फाइदा लिनेहरुका लागि पनि आफ्नो उम्मेद्वारी भएकी बताउँछिन् । शाहीले युवाहरुलाई राजनीति प्रति वितृष्णा पैदा भएकाले राजनीति भन्दा बाहिर रहेर समाज परिवर्तन नहुने भन्दै युवा शक्तिहरुले राजनीतिमा आउनु पर्नेमा जोड दिन्छिन्।

 

Leave a Comment