काठमाडौं महानगरपालिका ११६ जना जनप्रतिनिधिहरुले दिए राजीनामा

राजनीति सोमवार बैशाख १२, २०७९

काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् । महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार आइतवार साँझसम्म वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले पदत्याग गरेका छन्।

यस्तै ८७ वडा सदस्यले पनि राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्न सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी आठवटा वडाका अध्यक्षले राजीनामा नदिएको काफ्ले जानकारी दिए। सोमबार अपराह्नसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अरुको पनि राजीनामा आउनसक्ने अनुमान गरिएको छ । कामपामा प्रमुख र उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।

Leave a Comment