काठमाडौं । उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम दिन पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक बस्न लागेको हो । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
७५३ वटै स्थानीय तहमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँचदलीय सत्ता गठबन्धनले केन्द्रबाट महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी टुंगो लगाएका थिए। तर, जिल्लाका अन्य स्थानीय तह नगरपालिका र गाउँपालिकामा भने केही ठाउँमा केन्द्रको सहमति अनुसार गठबन्धन भए पनि अधिकांश ठाउँमा गठबन्धन हुन सकेको छैन।
कतै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल भएको छ भने कतै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तालमेल भएको छ। जसपाको पकड रहेको ठाउँमा एक्लै उम्मेदवारी दिने तयारी गरेको छ । आज बालुवाटारमा बस्ने बैठकले जिल्ला तहमा निर्देशन दिएर गठबन्धन गरेरै जाने विषयमा छलफल हुन सक्ने बताइएको छ। यद्यपि आज मनोनयन दर्ताको अन्तिम दिन भएकाले जतिसक्दो चाडो दलहरुले छलफल टुंगो लगाउनुपर्ने छ ।