आजदेखि मेलम्चीको पानी उपत्यकाका घर घरमा वितरण गरिंदै

मुख्य खबर आइतवार बैशाख ११, २०७९

काठमाडौं । मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा  बितरण गरिने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ ।

गतवर्ष चैत २९ गते पहिलो पटक पानी वितरण गरिएकोमा असार पहिलो साता आएको बाढीले आयोजना क्षतविक्षत बनाएको थियो । बाँधस्थलमा अस्थायी संरचना बनाएर पुनः पानी ल्याइएको हो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले अहिले केही बेरमा नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानी वितरणको निकास खुला गरेपछि पानी वितरण सुरू हुनेछ ।

केयुकेएले दैनिक १७ करोड लिटर पानी वितरण गरिने जनाएको छ । बाँधस्थलमा अस्थायी संरचना बनाइएकाले असार लाग्दा नलाग्दै पानी ल्याउन बन्द गरिने छ ।

Leave a Comment