पूर्व राज्यमन्त्री झाको निधन

मुख्य खबर आइतवार बैशाख ११, २०७९

रौतहट । मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।झाको आइतबार बिहान काठमाडौंमा निधन भएको उनका पति तथा लोसपाका संघीय सांसद अनिल झाले जानकारी दिए ।

लोसपाकी प्रदेशसभा सदस्यसमेत रहेकी झा दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । रौतहटको दुर्गा भगवती गाउँपालिका(३ घर भएकी उनको रौतहटमै अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।

Leave a Comment