काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वााचनलााई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजनाा गर्दै नेकपा एमालेले पाार्टीको घाोषणा पत्र सार्वजनिक गरेको हो । लितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा निरोगी नेपाल, स्वस्थ्य नेपालीको नारा अघि सारिएको छ । पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने एमाले घोषणापत्रमा उल्लेख छ ।
आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने एमालेले बताएको छ ।
https://drive.google.com/file/d/1WRuhb1sRxe3gwYztbPjK9F2yCg82pmL_/view