गैरमार्क्सवादी चरित्रले हाम्रो एकता तुहियो-प्रचण्ड

मुख्य खबर शुक्रबार बैशाख ९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैर माक्र्सवादी चरित्रका कारण कम्युनिष्ट एकता तुहिएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उनले एमालेका केही व्यक्तिमा व्यक्तिवादी चरित्रका कारण इमान्दार कार्यकर्ता छायामा परेको बताए ।

अध्यक्ष प्रचण्डले नेकपाको एकता सही भएको भन्दै त्यसबेला करिब ९० प्रतिशत नेता तथा कार्यकर्ता उक्त एकता हुँदा खुशी देखिएको स्मरण गरे। ‘वाम एकता सही थियो। पार्टी नेतृत्वमा देखिएको गैरमार्क्सवादी चरित्रले हाम्रो एकता तुहियो’ उनले भने।

कार्यक्रममा बोल्दै प्रचण्डले इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न पनि आव्हान गरेका छन्।

Leave a Comment