काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालमा कम्युनिष्ट आन्दोलन संकटग्रस्त भएको बताएका छन् । नेपाल कम्ुनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेता रावलले ट्विटर मार्फत कम्युनिष्ट आन्दोलन संकटग्रस्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन, नेकपा ७३अौं वर्षमा प्रवेश गर्दा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष पदमा रहेकाहरूले गरिरहेका कम्युनिष्ट पार्टीको दर्शन,सिद्धान्त र कार्यक्रम बिरोधी र गुटफुटका कामकुरा हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन संकटग्रस्त देखिन्छ। संकटबाट कम्युनिष्ट आन्दोलन जोगाउन र समाजवादको यात्रा जारी राख्न सबैमा शुभकामना व्यक्त गरेका छन ।