नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको ७३ वर्ष पूरा, कम्युनिष्ट एकता भन्दा टुटफूटमा अझै अग्रसर

राजनीति शुक्रबार बैशाख ९, २०७९

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७३  बर्ष पुगेको छ । नेपालका कम्युनिट पार्टीहरुले आजको दिनलाई दिवसको रुपमा मनाउदै छन् । नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ ।

यस्तै आजै नेकपा एमालेले स्थानीय तह निर्वाचन घोषणपत्र पत्र सार्वजनिक गर्न लागेको छ । दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा कार्यक्रमगरी घोषणा पत्र सार्वजनिक गर्न लागेको एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । यस्तै नेकपा माओवादी केन्द्रले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए । २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा बलियो छाप पारेका थिए । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको नेतृत्व गर्दै पटक–पटक सरकारको नेतृत्वसमेत गरे । तर जनअपेक्षा अनुसारका काम हुन नसकेको गुनासो व्याप्त छ । गैरकम्युनिष्ट चरित्र भएको भन्दै नेताहरुसमेत आलोचित छन् ।

Leave a Comment