काठमाडौं। स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने बताईको छ । सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।
नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ । उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ ।