भारत र चीनमा कोरोना संक्रण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मुख्य खबर बिहिबार बैशाख ८, २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारत र चीनमा कोरोना संक्रमण बढेसँगै साावधानी अपनाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन समेत अनुरोध गरेको छ ।

मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।

भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।
हेर्नुहोस विज्ञप्ति जस्ताको त्यस्तै

 

Leave a Comment