अक्सिजन प्लान्टमा भएको विष्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

मुख्य खबर बिहिबार बैशाख ८, २०७९

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्।

विहिबार ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु हुनाका साथै ५ जना घाइते भएका थिए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिसकिएको प्रजिअ उपाध्यायले बताए। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

Leave a Comment