काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र एउटा अक्सिजन प्लान्टमा विस्फोटमा हुँदा एक जनाको मृत्यु भएको छ। बिहिबार बिहान सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।
अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको जनाइएको छ।