गठबन्धन दलले टुंग्गायो महानगर र उपमहानगरपाालिको उम्मेद्वारहरु (कसलाई कहाँ सूची सहित)

मुख्य खबर बुधबार बैशाख ७, २०७९

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाएको छ। स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको हो।

६ महानगरमध्ये काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा काँग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एकरएकमा मेयर पाएका छन्।

काँग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।
हेर्नुहोस् निर्णय यस्तो छ

Leave a Comment