जसपाको घोषणापत्र- जन्म, मृत्यु, विवाह दर्ता जस्ता आधारभूत सेवा घरघरमै गएर दिइने

मुख्य खबर बुधबार बैशाख ७, २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले आफ्ना धमाधम आफ्ना घोषणापत्र सार्वजनिक गर्दै छन् । नेकपा एकिकृत समाजवादी पार्टीले आफ्नो घोषणापत्र जारी गरेको भोली पल्ट (आज) जनता समाजवादी पार्टी (जसपा)ले समेत आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

जसपाको घोषणापत्रमा भनिएको छ, वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइनेछ । कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिनेछ । यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ।कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाइनेछ । आवश्यक सबै कर्मचारीलाई न्युनतम कम्प्युटर शिक्षाको तालिम दिइनेछ ।

सेवाग्राहीले वडा तथा पालिका केन्द्रसम्म आइपुग्न घण्टा बढीको पैदल यात्रा गर्नु पर्ने भए जन्म, मृत्यु, विवाह दर्ताजस्ता आधारभूत सेवा प्राप्त सुचनाका आधारमा घरघरमा गएर दिइनेछ ।समयसमयमा टाढाका टोलवस्तीमा घुम्ती सेवा शिविर संचालन गरिनेछन्। सेवाग्रहीको भीड जम्मा हुने पालिका तथा वडाहरूका पर्याप्त प्रतिक्षालय निर्माण र पालो प्रणाली लागू गरिनेछ । नागरिक वडापत्र, गुनासो पुस्तिका, उजुरी मन्जुषा, सामाजिक सम्परिक्षण तथा सार्वजनिक सुनुवाईजस्ता सुशासनका औजारहरूलाई प्रभावकारी रूपमा कार्यान्यवन गरिनेछ ।

सामाजिक सुरक्षा भत्ताको सही र सर्वसुलभ व्यवस्था गरिने छ । भ्रष्टाचारमा शुन्यसहनशीलता कायम गरिनेछ । सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरून्त कानुनी कार्वाही गरिनेछ ।
हेर्नुहोस् यस्तो छ घोषणापत्र

https://drive.google.com/file/d/1aA-jTPWaU0M9aLzks9E9cJgw9qB0UtZo/view

Leave a Comment