आन्दोलनमा उत्रियो कांग्रेस पोखरा महानगर समिति,कास्की जिल्ला कार्यालयमा तालाबन्दी

मुख्य खबर बुधबार बैशाख ७, २०७९

काठमाडौैं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले नेकपा एकिकृत समाजवादी पार्टीलाई साझा उम्मेद्वार बनाउने चर्चा पछि नेपाली कांग्रेस पोखरा महानगरपालिका आन्दोलिलत बनेको छ ।

नेपाली काग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले कास्कीका सभापतिलाइृे काठमाडौं बोलाएर नेकपा एसलाई सहयोग गर्न निर्देशन दिएसँगै त्यहाँको कांग्रेस आन्दोलित बनेको हो ।

बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो ।

 

पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै महानगर समितिले मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उम्मेदवार उठाउने बताएको छ ।

महानगर समितिका सचिव गणेश थापाले मेयर र उपमेयर पदका उम्मेदवारको छनोट प्रक्रियामा रहेको उल्लेख गर्दै महानगरसमितिले पोखराको मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उठाउने तयारी गरेको बताएका छन । । समितिले बुधबार दिउँसो वडा सभापतिहरूको भेला बोलाएको छ । उक्त भेलाबाटै उम्मेदवारहरूबारे निर्णय गर्ने बताइएको छ ।

Leave a Comment