एजेन्सी । रूसको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्ध लम्बिनुमा पश्चिमी मुलुकहरू जिम्मेवार रहेको बताएको छ । रूसी रक्षा मन्त्री सर्गेई शोइगुले अमेरिका र अन्य पश्चिमी मुलुकका कारण युक्रेनमा युद्ध लम्बिदै गएको आरोप लगाउनुभयो ।
बीबीसीले लेखे अनुसार विदेशी हतियार उपलब्धता बढाएर अमेरिका र पश्चिमी मुलुक युक्रेनलाई अन्तिम समयसम्म लड्नका लागि उक्साइरहेको सर्गेईको भनाइ छ । रूसले पछिल्लो समय फेरि युक्रेनको पूर्वी क्षेत्र डोनबासमा आक्रमण बढाएको छ ।