काठमाडौं । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले अभियान सञ्चालन गरेका हुन् ।
निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले बताएका छन् ।
स्वतन्त्र युवा समूहका सहसंयोजक राम लामाले यसपटकको स्थानीय चुनावमा भोट माग्न आउनेसँग लालपुर्जा माग्ने निर्णयमा पुगेको बताउनुभयो ।