मधेश प्रदेशमा पनि गठबन्धनको बैठक बस्दै

राजनीति बुधबार बैशाख ७, २०७९

काठमाडौं । गठबन्धनको बैठक मधेस प्रदेशमापनि आज बस्दै छ । गठबन्धनका जिल्ला अध्यक्षहरूसँग हिजोको छलफलमा सहमती नभएपछि आज प्रदेशमा बैठक बस्न लागेको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र राजपाले जितेको पालिकामा दावी गरेपछि सहमति हुन नसकेको बताइएको छ ।

सोमबारको बैठकमा दलहरुबीच ०७४ सालको स्थानीय तहमा जितेको दलले नै यो निर्वाचनमा पनि लिने सहमति भएको थियो । तर तत्कालिन राजपा नेपाल र एमालेले जितेको ३४ पालिकामा कसले कति लिने भन्नेमा सहमति हुने नसकेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका मधेश प्रदेश अध्यक्ष गणेश साहले हिजाकालागि तय भएको बैठक आजकालागि सारिएको बताउनुभयो ।

Leave a Comment