स्थानीय निर्वाचनमा तालमेल नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

राजनीति बुधबार बैशाख ७, २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा सहमति नजुटेपछि आज फेरी बैठक बस्न लागेको हो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको भागबन्डा टुङ्याउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय रमेश मल्लले जानकारी दिनुभयो । गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरी बस्न लागेको हो ।

रातिदेखि आज बिहान २ बजेसम्म छलफल गर्दा पनि जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो। यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो । गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे मुख्यगरी कांग्रेसमा विवाद छ । केन्द्रले गठबन्धन गर्ने निर्णय गर्ने तयारी गर्दै गर्दा गठबन्धन दललाई मेयर दिने तयारी रहेका महानगरमा भने विरोध भइरहेको छ ।

Leave a Comment