नेविसंघ नेता रेग्मीको पहलमा घाईते न्यौपानेलाई २ लाख ६५ हजाार आर्थिक सहयोग

समाज मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । नेपाल विद्यार्थी संघ दैलेखका नेता महेश रेग्मीको पहलमा बाटो हिड्ने क्रममा लडेर घाईते भएका एक युवालाई दुईलाख भन्दा बढि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

कामको सिलसिलामा दक्षिण कोरियामा बस्ने नेपाली दाजु भाइहरुको आर्थिक सहयोगमा कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका गङगा न्यौपानेलाई २ लाख ६५ हजार नगद सहयोग गरिएको हो ।

न्यौपाने दुई वर्ष पहिले दैलेखको भगवती माइ गाउँपालिका , हुलाक टाकुरा भन्ने ठाउँमा बाटोमा हिड्ने क्रममा लडेर घाइते घाईते भएका थिए । आर्थिक अवस्था नाजुक भएका न्यौपानेलाई मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर रेग्मी स्वयम काठमाडौंको किर्तिपुर स्थित घाइतेको कोठामा गएर रकम हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश-काठमाडौं समिति सदस्य तथा भक्तपुर बहुमुखी क्याम्पसका नेता मनसिंह शाहीले जानकारी दिएका छन् ।

Leave a Comment